लाइसेन्स आवेदनमा कोटा प्रणाली आजबाट हट्यो

फिल्को मिसन

२०७७माघ,९शुक्रबार
काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदनमा कोटा प्रणाली हटाएको छ ।
लाइसेन्सको अनलाइन आवेदन दिन सास्ती हुने भएपछि विभागले आजबाट कोटा प्रणाली हटाएको हो । अब जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने छन् । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट जति पनि फारम भर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरूले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस