ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु

एजेन्सी

२०७७माघ,९शुक्रबार
एजेन्सी।भारतको कर्नाटक राज्यमा जिलेटिनले भरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । मजदुरहरुसमेत सवार ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो । विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ । स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस