प्रचण्ड –नेपाल समुहमा लाग्ने भन्दै नेकपा खार्पुनाथ गाउँपालिका कमिटीको निणर्य

मन्दिर सिह

२०७७ माघ,९शुक्रबार
हुम्ला ।नेपाल कम्युनिष्ट पाटी नेकपा खार्पुनाथ गाउँपालिकाको बैठकले प्रचण्ड –नेपाल समुहमा लाग्ने निणर्य गरेको छ। खार्पुनाथगाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले चारवटा प्रस्तावमा निर्णय भएको देवसिं रोकायाले बताउनु भयो । अध्यक्ष शाहीले पार्टी भनेको विचार र विधि भएको स्पष्ट पार्दै पार्टी एकताको मर्म अनुसार आधिकारीक प्रतिनिधित्व रहेकाले वास्तविक प्रतिनिधित्व तर्फ एकिकृत हुन निर्देशन दिनुकभएको छ । उनले शुक्रबारको बैठकमा पार्टीलाई चोइट्याउन खोज्ने गतिविधि मात्रै भएको भन्दै एकताको पक्षमा निरन्तर लाग्ने प्रतिवद्धता जनाए छन ।शाहीले पार्टी एकता र कम्युनिष्ट आन्दोलनबारे स्पष्ट पार्दै भ्रममा परेका सबैलाई एकीकृत पार्टीको पक्षमा उभिन आग्रह गर्नु समेत गर्नुभएको छ । त्यसै गरि माघ १५ गतेबाट प्रत्येक वडा कमिटीले संगठन विस्तार गर्ने र बैठक वस्ने निर्णय गरिएको छ । बैठेक विचमा नेपाली कांग्रेस पार्टी बाट ५ जना पार्टी परित्याक गर्दे नेकपामा प्रवेश गरेका छन ।

प्रतिक्रिया दिनुहोस