हामीलाई मुख्यमन्त्री दिन्छ, भने उसैलाई समर्थन गर्रौ :सभापति देउवाको भनाई

२०७७माघ,९शुक्रबार
काठमाडौं । बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि आज पेश भएसँगै नेपाली कांग्रेस पनि रणनीतिमा जुटेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार बुढानिलकण्ठ निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल हुन ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसको भूमिका के हुने भन्ने सम्बन्धमा सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल गरेका छन। हामीलाई मुख्यमन्त्री दिन्छ भने उसैलाई समर्थन गर्रौ सभापति देउवाको आशाय भएको बताएका छन ।
सभापति देउवाले बागमती प्रदेशका नेतासहित वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूसँग छलफल गरेको निजीसचिवालय सदस्य भानु देउवाले जानकारी बताए । प्रतिनिधिसभा विघटनपछि नेकपाकै एउटा समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ।