सिमकोट र नाम्खागाउँपालिकामा २५७ जना लाई कोरोना भ्याक्सीने खोप तयारी

फिल्को मिसन

९ माघ २०७७ शुक्रबार
हुम्ला । सिमकोट र नाम्खागाउँपालिकामा २सय ५७ जना लाई भारतबाट अनुदानमा प्राप्त भएको कोरोना भ्याक्सिनको खोप लगाउने तयारीमा छ । भारतबाट अनुदानमा प्राप्त कोभिड(१९ को भ्याक्सिनको खोप सिमकोट र नाम्खा गाउँपालिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्य सेवा कार्यालयका कर्मचारी लगायतले खोप लगाउने भएका छन् ।
सिमकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी गरी ६८ जना, सिमकोट गाउँपलिकाका महिला स्वास्थ्य स्वयमसेवीका ४६ जना र स्वास्थ्य सेवा कार्यालय हुम्लाका स्वास्थ्यकर्मी तथा कर्मचारी ५५ जना गरी १५७ जनालाई पहिलो खोपको कोरोना भ्याक्सीन खोप लगाइने सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बताए ।
नाम्खा गाउँपालिकामा पनि कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयम सेवीका तथा अन्य कर्मचारीहरु १ सय जनालाई पनि कोरोना भ्याक्सीन खोपको लागि नाम रजिष्टर गरिएको नाम्खा गापा स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस