गैरआवासीय नेपाली सङ्घको विशेष महाधिवेशन शनिबार सुरू हुँदै

१० माघ ,२०७७ शनिबार
काठमाण्डौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विशेष महाधिवेशन आजदेखि भर्चुअल विधिबाट सुरू हुँदैछ ।
भोलिसम्म चल्ने विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा नवौँमहाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधनको साझा प्रस्तावमाथि छलफल गरेर पारित गरिने सङ्घले बताएको छ । महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन् । उद्घाटन कार्यक्रपछि सङ्घको विज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।