प्रचण्ड र भट्टराईबीच संयुक्त आन्दोलनबारे छलफल

१० माघ ,२०७७ शनिबार
काठमाण्र्डौ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच छलफल भएको छ ।
प्रचण्ड र डा. भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा हिजो साँझ भेटवार्ता भएको हो । उहाँहरूबीच संयुक्त संघर्ष गर्ने विषयमा आधा घण्टाभन्दा बढी समय छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ÷संगठन एक्लाएक्लै आन्दोलन गरिरहेका छन् । आन्दोलनमा कसरी मिलेर अघि बढ्ने त्यसै विषयमा छलफल भएको बताइएको छ ।