पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना पुष्टि

फिल्को मिसन

२०७७ माघ,१०शनिबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । देशभरका प्रयोगशालामा ३ हजार ५ सय ४१ नमुना परीक्षण गर्दा ९१ महिला र १ सय ४१ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् भने १ हजार ९ सय ९४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३ हजार ४ सय ५२ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ७ सय ७८ जना संस्थागत आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस