बैतडीमा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय, राजमार्ग सञ्चालनमा

फिल्को मिसन

२०७७माघ,१०शनिबार
बैतडीमा । बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ । महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो ।
बेवारिसे अवस्थामा फेला परि निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसैविचमा महाकाली राजमार्गमा अन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलङ्गातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नंको मालवाहक मिनीट्रकमा आगजनी गरिएको हो । यसैबीच, रातिदेखि अवरुद्ध भएको राजमार्ग सुचारु भएको छ।
सडकमा राखिएको बमका कारण बन्द भएका सवारी साधन पनि बम निष्क्रिय पारिएसँगै सञ्चालनमा आएका छन् । रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस