राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा हुम्लामा पनि एटीएम सुचारू

फिल्को मिसन

२०७७ माघ,१० शनिबार
हुम्ला । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सवको अवसरमा शाँखा बैंक हुम्लाले एटीएम सुचारू गरेको छ । राष्ट्रिय वाणिज्य बैंक हुम्लाका शाँखा प्रवन्धक सविता शाहीले एटीएम काउन्टरमा रिवन काटेर उद्दघाटनु गर्नु भएको छ । सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले राष्ट्रिय वाणिज्य बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।हुम्ला शाखाले आफ्ना ग्राहकहरु लाइनै सहजताकालागि एटिएम मेसिन जडान गरेको छ । अबदेखी ग्राहकहरुले चेकबाट लाइनबस्नु भन्दा अबदेखि एटिएम बाट पैसा निकाल्न पाउने छन् ।हाल सम्म राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय हुम्लामा ७५ करोड पैसा डिपोमा छ,भने ३४ करोड रकम लोनमा गएको समेत शाँखा प्रबन्धक शाहीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस