पूर्व लडाकूहरुको समस्याको समाधान गर्ने ओलीको प्रतिवद्धता

फिल्को मिसन

२०७७ माघ,१०शनिबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग सामूहिक भेट गरेका छन् । विभाजित नेकपाको ओली समूहका अध्यक्षसमेत रहेका ओलीले समस्याको वास्तविक समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनालाई ओलीले हेर्ने रे भन्दै भाषण गरेको भोलिपल्ट शनिबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुबै संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।
जनयुद्धमा गरेको त्याग, योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै ओलीले कमाण्डरहरूलाई नेतृत्वबाट विगतमा जस्तो धोका नहुने विश्वास दिलाएका छन् । ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

प्रतिक्रिया दिनुहोस