उत्तराखण्डको एकदिने मुख्यमन्त्री १९ वर्षीया किशोरी

एजेन्सी

२०७७माघ,११आइतबार
एजेन्सी। भारतको उत्तराखण्ड प्रदेशमा आइतबार एक १९ वर्षीया किशोरी सृष्टि गोस्वामी एक दिनको लागि मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको लागि पहिलो मुख्यमन्त्री बनाउन लागेको  छ । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।भारतीय समयअनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस