ताजा जनादेशमा जानुपर्ने बाध्य भएको प्रधानमन्त्रीको भनाइ

फिल्को मिसन

२०७७ माघ,११ आईतबार

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता ल्याउन खोजेकोले ताजा जनादेशमा जानु परेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको पनि आरोप लगाउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूसँग आज भएको साक्षात्कारमा प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको उ बाध्यभएको बताए ।
देशको अहितमा काम गर्नेहरूलाई आगामी निर्वाचनबाट ठेगान लगाउन नागरिकलाई आग्रह गर्दै उहाँले दुवै मिर्गौला फेरेका कारण आफू पनि अलिअलि अपाङ्गता भएको व्यक्ति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस