कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

फिल्को मिसन

२०७७ माघ,११ आईतबार

काठमाण्डौं । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको हो । आज थप २ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म नेपालमा सङ्क्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । २४ घण्टामा ४ सय ३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ ।
देशभरि सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार ३ सय १२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरू गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या भने १ सय ४५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस