पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जाँदै

फिल्को मिसन

२०७७ माघ,१२सोमबार

काठमाडौं । लुम्बिनी प्रदेशको दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको पुल उदघाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज ओली दाङ जाँदै छन । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।

 

प्रतिक्रिया दिनुहोस