कोरोना विरुद्धको खोप बुधबारदेखि शुरु

फिल्को मिसन

२०७७ माघ,१२सोमबार
काठमाण्डौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पर्सि बुधबारदेखि लगाइने भएको छ ।
सातै प्रदेशका मुख्यमन्त्रीसँग हिजो भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिनुभयो ।
मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नुहुने छ । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गर्नुभयो । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप कोभिशिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस