कक्षा १२ को नतिजा अझै एक हप्ता लाग्ने

फिल्को मिसन

२०७७ माघ,१२सोमबार
काठमाण्डौं । कक्षा १२ को नतिजा प्रकाशन हुन अझै एक हप्ता लाग्ने भएको छ ।
उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण सकिएर केन्द्रमा प्राप्त अंकको रुजु गर्ने काम भइरहेकोले यसैहप्ता नतिजा प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले बताउनुभयो । उहाँले विद्यालयबाट प्राप्त विवरणहरु व्यवस्थित नभएका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको बताए ।
परीक्षा बोर्डले मन्त्रिपरिषद्को स्वीकृतिमा कार्यविधि जारी गरेर ४० पूर्णाङ्कको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस