६ महिनामा पुँजीगत खर्च वृद्धिको असफल

फिल्को मिसन

२०७७माघ,१२सोमबार
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७।७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ। सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो। जसमा पुँजीगत खर्चमा सबैजसो मन्त्रालय कमजोर देखिएका छन् । त्यसमाथि विकासे बजेट ओगटेका धेरैजसो मन्त्रालयकै खर्च दयनीय पाइएको छ ।
विकास बजेटको ठूलो अंश ओगटेर बसेका मन्त्रालय नै पुँजीगत खर्चमा उदासिन देखिएपछि चालु आर्थिक वर्षमा समेत विकास निर्माणले गति लिन सकेको छैन ।अर्थ मन्त्रालयले सरोकारवाला निकाय तथा मन्त्रालयले बजेट कार्यान्वयनमा तत्परता नदेखाउँदा पुँजीगत खर्च अपेक्षित बढ्न नसकेको बताएको छ ।
समीक्षा कार्यक्रममा प्रस्तुत जानकारी अनुसार, २०७७ पुससम्ममा पुँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४० प्रतिशत) र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८ प्रतिशत) रहेको छ। यस्तै वित्तीय व्यवस्था २२ अर्ब ५७ करोड रुपैयाँ (१३.०६) प्रतिशत रहेको छ ।
खर्चको स्रोतगत स्थितिमा सरकार (राजस्व) ३ खर्ब ८० अर्ब रुपैयाँ, वैदेशिक अनुदान ५ अर्ब ६१ करोड रुपैयाँ र वैदेशिक ऋण ३० अर्ब ४ करोड रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस