प्रचण्ड –माधव समूहले तेस्रो चरणको आन्दोलन जाने घोषणा

फिल्को मिसन

२०७७माघ,१२सोमबार
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको गर्ने भएको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा ¥याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत कार्यक्रमा आयोजन गर्ने घोषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस