प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

फिल्को मिसन

२०७७ माघ,१२सोमबार
दाङ ।लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गरेका गरेका छन ।
गर्नुभएको छ । उद्घाटन चार वर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटन गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली दाङ जान भएको हो।
दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गर्नु भएको थियो । त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आव्हान गरेको थियो। यसैबिच प्रधानमन्त्री दाङ जाने कार्यक्रम तय भएपछि हिजो नेकपाको प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीको विरोधमा मसाल जुलुस निकालेको थियो।

प्रतिक्रिया दिनुहोस