सिक्किममा भारत–चीन सेनाबीच झडप

एजेन्सी ।

२०७७ माघ,१२ सोमबार
एजेन्सी । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ । टाइम्स अफ इन्डियाका अनुसार तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् ।

यद्यपि अहिले भने उक्त क्षेत्रको अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ । भारत–चीन सीमाक्षेत्रमा बेलाबेलामा झडप हुने घटना पछिल्लो समय बढ्दै गएका छन् । सन् २०१७ मा डोकलामको तीन मुलुकको सीमाक्षेत्रमा झडप भएको थियो । सो क्षेत्रमा ७३ दिनसम्म तनाव बढेको थियो ।

प्रतिक्रिया दिनुहोस