कृष्ण पहाडी सहित एक दर्जन भन्दा बढि मानव अधिकारकर्मी गिरफ्तार

२०७७ माघ,१२सोमबार
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार रोक्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।
कोरोना भाइरस ९कोभिड–१९० बाट नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न ठाउँमा दुर्व्यवहार भएको भन्दै त्यसको विरोधमा शान्ति समाजले सोमवार राजधानीमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी भएकाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेका छन् । उनीहरुले स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ जस्ता नारा लगाएका थिए । संसद विघटन असंवैधानिक र राज्यको न्यायालयलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै बालुवाटारमा प्रदर्शन हुँदा कृष्ण पहाडी सहित एक दर्जन भन्दा बढि मानवअधिकारकर्मी गिरफ्तार भएका छन् । सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै उनीहरुले बालुवाटारको राष्ट्र बैंक नजिकबाट प्रदर्शन शुरु गरेका थिए । सामान्य झडप पछि प्रहरीले झडप नियन्त्रणमा लिई प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ । मानव अधिकार तथा शान्ति समाजले गरेको प्रदर्शनमा ओली सरकारः राज्य संयन्त्रको दुरुपयोग बन्द गर , किर्तेतन्त्र बन्द गर जस्ता नारा लगाईएको थियो । प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीहरुको सहभागिता रहेको मानव अधिकार तथा शान्ति समाजले जानकारी दिएको छ ।