कोरोनाबाट स्वास्थ्य मन्त्रालयकै एक कर्मचारीको मृत्यु

फिल्को मिसन

२०७७ माघ,१२सोमबार

काठमाडौं । कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृत रहेका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको हो ।श्रेष्ठको उपचारका क्रममा सोमबार वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले श्रेष्ठको निधन भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस