ओलीको बोलीले प्रधानमन्त्रीको पद धुलिसीत मिसाएः कांग्रेस

फिल्को मिसन

२०७७ माघ,१२सोमबार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको बोली लिएर आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले उनमा अधिनायकबाद हावी भएको उल्लेख गरेका छन ।
संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको बाताएको छ । सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएका प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न गरेको पनि उक्त विज्ञप्तिमा छ । यस्तै सम्मानित र पाका अधिवक्ताको अपमान गरेकोमा पनि कांग्रेसले प्रधानमन्त्रीको आलोचना गरेको छ ।
फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो, कांग्रेस प्रवक्ता शर्माले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात मिसाएको छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैरजिम्मेवार ढंगले अभिव्यक्ति नदिन नेपाली कांग्रेस विज्ञप्तिमार्फत कडा चेतावनी दिएका छ ।

प्रतिक्रिया दिनुहोस