काँग्रेसद्वारा थप आन्दोलनको कार्यक्रम सार्वजनिक

फिल्को मिसन

२०७७ माघ,१३मंगलबार
काठमाण्डौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले तीन दिने प्रदर्शनको कार्यक्रम तय गरेको हो, जसअनुसार माघ १९ गते भ्रातृ संगठनको प्रदर्शन हुनेछ । २४ गते शुभेच्क्षुक संगठनले प्रदर्शन गर्नेछन् भने फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्नेछन् ।
केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने निर्णय भएको छ ।
ती नेताका अनुसार फागुन ७ मा सातवटै प्रदेशमा जनसभा गर्ने विषयमा पनि छलफल भएको थियो । तर, ७ गते प्रजातन्त्र दिवसमा सरकारी कार्यक्रम नै हुने र ८ गते शनिबार परेकाले फागुन दोस्रो साता काठमाडौं केन्द्रित ठूलो सभा गर्न नेताहरु सहमत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस