प्रधानमन्त्री ओली विरुद्ध अदालतकमा अवहेलना दुईवटा मुद्दा दर्ता

२०७७ माघ,१३मंगलबार
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
आज सर्वोच्च अदालत प्रशासनमा ओली विरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गरेको बताए ।प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन् भन्ने टिप्पणी गरेका थिए ।