आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोमा पत्रकार महासंघको भत्र्सना

फिल्को मिसन

२०७७ माघ,१३मंगलबार
काठमाण्डौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।
आज नागरिक आन्दोलन अन्तर्गत बालुवाटार मार्च पासका क्रममा प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडी लगायत १ दर्जनभन्दा बढी घाइते भएका थिए । महासंघका महासचिव रमेश विष्टले आज प्रेस विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो । प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ । महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस