हुम्लामा ७ गाउँपालिकामा ५२ मतदान केन्द्र सिफारिस

फिल्को मिसन

२०७७ माघ,१३मंगलबार
सिमकोट । आगामी बैशाख हुने निर्वाचनका लागि हुम्ला जिल्लाका ७ वटा गाउँपालिका ५२ वटा मतदान केन्द्रको सिफारिस भएको छ। मतदान केन्द्र सिफारिस समितिको बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी महेशकुमार थापाले बताए । जिल्लामा प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको संयोजकत्वमा बसेको मतदान स्थल तथा केन्द्र निर्धारण सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो।
नाम्खा गाउँपालिकामा १० वटा मतदान केन्द्र, सिमकोटमा ८ वटा, खार्पुनाथमा ५ वटा, सर्केगार्डमा ११ वटा, चंखेली गाउँपालिका ७ वटा अदानचुलीमा ६ वटा र ताजाँकोट गाउँपालिकामा ५ वटा मतदान केन्द्र गरी जिल्लाभरि ५२ वटा मतदान केन्द्र निर्वाचन आयोेगमा शिफारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस