जुम्लाको गोठी गाउँमा आगलागी, २८ घर जलेर नष्ट, आगो नियन्त्रणमा आउन बाँकी

२०७७ माघ,१३ मंगलबार
जुम्ला । जुम्लाको तिला गाउँपालिका ६ को गोठीगाउ भन्नेमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट २८ वटा घर जलेर नष्ट भएको बताएको छ । डिएसपी माधव प्रसाद काफ्लेका अनुसार अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । उनले भने आगलागी भएको जानकारी प्राप्त गर्न वित्तिकै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली घटना स्थलतर्फ पठाइएको छ । प्रहरीका अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी भने घटनास्थल तर्फ पुग्न लागेको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दुरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिडेर ३ घण्टा लाग्ने ठाउमा छ।
उक्त स्थान भौगोलिक रुपमा विकट रहेकोले सदरमुकामबाट गएको टोली बाटोमै छ । डिएसपी काफ्लेले भने ‘हामीले जिल्लाबाट टोली पठाएका छौ ।तीन वटै सुरक्षा निकायको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ।स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । त्यहाँ पानीको पनि उपलब्धता नभएकोले पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको बुझिएको छ । आगलागीको कारण पनि पत्ता लागेको छैन , डिएसपी काफ्लेले भने । यता स्थानियका अनुसार त्यहाँका नागरिक वर्षमा ५ महिना मात्रै बसोबास गर्दछन् ।काठैकाठको घरहरु बढिभएकोले आगलागी भएको आशंका गरिएको छ । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । मानबिय क्षेत्री भएको छैन तर पशुचौउपाएको जेलेर नष्ट भएकोखवर प्राप्त भएको ससस्त्र प्रहरीले जानकारी दिएको छ । जिल्ला बाट गएको टोली १५ मिनेट पछि पुग्ने जानकारी आएको छ।