देशैभर कोरोनाविरूद्धको खोप आजबाट शुरु

फिल्को मिसन

२०७७ माघ,१४बुुधबार
काठमाण्डौं । सरकारले आज (बुधबार)देखि कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुरु गरेको छ । भारतले सरकारले अनुदानस्वरूप उपलब्ध गराएको ४ लाख ५० हजार खोप देशका सातै प्रदेशमा पु¥याइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना विरुद्धको खोप अभियानको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे गर्नुहुनेछ ।
बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
उहाँले कार्यक्रममा प्रधानमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी, मुख्यसचिव शंकरदास वैरागी, विभिन्न मन्त्रालयका सचिवहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसहित ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रीहरुको सहभागिता रहने पनि जानकारी दिनुभयो ।
खोप अभियानको सुभारम्भ कार्यक्रममा काठमाडौं उपत्यकाका ११ वटा मुख्य केन्द्र र उपत्यका बाहिरका ७ वटा केन्द्रलाई जोडिनेछ । सरकारले आजदेखि सुरु गर्ने खोप अभियानमा सफाइ कर्मचारी, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, डाक्टर, सुरक्षाकर्मी, कैदी बन्दी गरी झन्डै ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ ।
कोरोना विरुद्धको खोपका लागि देशभर १ सय २० वटा खोप केन्द्र बनाइएको छ । एउटा खोप बुथले एक दिनमा १ सय २० देखि १ सय २५ जनालाई खोप दिनसक्ने बताइएको छ । खोप अभियान सफल बनाउनका लागि सरकारले सातै प्रदेशमा खोप पठाइसकेको छ भने १८ गतेसम्म ७७ वटै जिल्लामा खोप अभियान सुरु गरिसक्ने तयारी गरेको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइने भएकाले खोप लगाउने सबै स्वास्थ्यकर्मी निगरानीमा रहने डा. गौतमले बताउनुभयो । डा. गौतमले खोपको पहिलो मात्रा लगाएकालाई ठिक एक महिनापछि अर्काे मात्रा लगाउने पनि बताउनुभयो

प्रतिक्रिया दिनुहोस