जुम्लामा ३० घर पूर्णरुपमा नष्ट,आगलागी नियन्त्रणमा आएन

२०७७ माघ,१४ बुधबार
जुम्ला । जुम्लामा आगलागी हुँदा एकै गाउँका ३० घर जलेर नष्ट भएका छन् । जुम्लाको तीला गाउँपालिका–७ गोठी गाउँमा मंगलबार साँझ ५ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। सदरमुकाम खलंगाबाट ३५ किलोमिटर दूरीमा रहेको गाउँमा भएको आगलागी नियन्त्रणका लागि स्थानिय र प्रहरीका टोली अहिले बिहान पनि नियन्त्रणको प्रयासमा लागिरहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। मंगलबार साँझबाटै आगो निभाउने प्रयास गरेपनि आगो अझै नियन्त्रणमा आइनसकेको जुम्लाका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आगो नियन्त्रणमा लिनको लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीय लागिपरिरहेका छन्। आगलागीमा कुनै मानविय क्षति नभए पनि घरमा रहेका सबै सरसमान र पशु चौपाया जलेका छन्। प्रहरीका अनुसार २० देखि २५ वटा पशुचौपायाको जलेर मरेका छन्। आगो नियन्त्रणमा आइनसेकाले क्षतिको विवरण आउन बाँकी छ ।