टेकुमा ८० वर्षर्यी अमात्यले लगाए कोरोनो खोप

फिल्को मिसन

२०७७ माघ,१४बुधबार
काठमाडौँ । ८० वर्षका नेत्रबहादुर अमात्यले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रेडियोलोजिस्ट कन्सल्टेन्ट अमात्यले बुधबार बिहान टेकु अस्पतालमा तेस्रो नम्बरमा खोप लगाउनु भएको छ ।
टेकु अस्पतलाका निदेर्शक डा. सागरराज राजभण्डारी तथा डा. अनुप बास्तोलाले खोप लगाएपछि तेस्रो नम्बरमा ८० वर्षका अमात्यले खोप लगाएका हुन् । उनी कोरोना भाइरसविरुद्धको खोप लगाउने सीमित नेपाली मध्ये पाको उमेरका व्यक्तिमा पर्छन् ।
नेपालमा बुधबारदेखि पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीसहितलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस