तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप :प्रधानमन्त्रीको प्रतिबद्धता

फिल्को मिसन

२०७७ माघ,१४बुधबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको खोप सबै नेपालीले तिन महिनाभित्र निःशुल्क पाउने बताएका छन । अति संवेदनशील विषयमा प्रधानमन्त्री ओलीले बुधबार फेरि अर्को झुटो आश्वासन दिएका छन्।कोभिड(१९ विरूद्धको खोप अभियानको सुरूवात गर्दै उनले आउने तीन महिनाभित्र सबै नेपालीले खोप पाइसक्ने आश्वासन दिए।
खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्।१० लाख डोज अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गर्नु भयो ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोनाले शक्तिशाली राष्ट्रहरूलाई समेत अफ्ठेरो पारेको भन्दै नेपालले भने डटेर सामना गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस