पहिलो कोरोना खोप हुम्लामा २९ जना स्वास्थ्यकर्मीलाई

मन्दिर सिंह

२०७७ माघ,१४बुधबार
हुम्ला । कोरोनाको खोप स्वास्थ्य सेवा कार्यालय हुम्लामा पनि २९जनाले लगाएका छन । हुम्लामा पहिलो चरणमा माघ १४ गतेबाट १८ गते सम्म कोरोना विरुद्धको खोप अभियानका लागि १ हजार७सय ३० डोज खोप हुम्लामा पुगेको छ । अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई कोभिशिल्डको खोप लगाउने प्रावधान ंअनुसार हुम्लामा पनि २९ जनाले लगाएको जानकारी स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिहं बताए ।
पहिलो खोप जिल्ला अस्पतालका खोप डाक्टर टसी लामा र अर्का डाक्टर नविन रोकाया सहित अन्य स्वास्थ्यकर्मीले लगाएको जिल्ला अस्पताल हुम्लाले कार्यालयका प्रमुख सिहं जानकारी दिनुभयो । कोरोना विरुद्धको खोप लगाएपछि सुरुक्षित महसुश भइरहेको स्वास्थ्य कार्यालय हुम्लाका डा लामाको प्रतिक्रिया छ ।आज उद्घाटनमा पहिलो दिन २९ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन्,भने भोलीबाट समयानुकुल मिलाएर सातवटै गाउँपालिकाका कर्मचारीलाई समेत लगाइने भएको भएकोे छ । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको १० लाख कोभिशिल्ड भ्याक्सीन बुधवारबाट देशैभरका स्वास्थ्यकर्मीहरुलाई लगाउन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस