भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार भन्दा बढि

एजेन्सी

२०७७माघ,१४बुधबार
एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ११ हजार ५५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ८९ हजार २६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ५६ हजार ८८८ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस