कोरोनाविरुद्धको खोप पहिलो दिनमा ९०८४ जनाले लगाए कोरोना खोप

२०७७माघ,१४बुधबार
काठमाण्डोै । आज बुधबार शुरु गरिएको कोरोना बिरुद्धको खोप ९ हजार ८४ जनाले खोप लगाएको छ । नेपालका ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमती प्रदेशमा २ हजार ६ सय ९४ जनाले खोप लगाएका छन् । त्यसैगरी, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पहिलो दिन कोरोना विरुद्धको खोप, कसैलाई पनि समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रोतले जानकारी दिएको छ । खोप अभियानमा सक्रिय सहभागिता जनाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ।
बुधबार उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पाटन जस्ता मुख्य अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले खोपको स्थलगत अनुगमन समेत गरेका थिए।