उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

२०७७ माघ,१४बधबार
काठमाडौं । उखु किसानको भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल लाई प्रहरीले पक्राउ गरेको छ ।
अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक रहेको खुलास भएको छ ।
इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु ८ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ ।
त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।