भरतपुर महानगरद्धारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ४ करोड सहयोग

२०७७ माघ,१४बुधबार
चितवन । भरतपुर महानगरपालिका वडा नं २० रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाले ४ करोड रुपैयाँ दिएको छ।
बुधबार महानगर कार्यालयमा मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई पटकपटक गरी पहिले चार करोड र अहिले थप चार करोड गरि आठ करोड रुपैयाँ दिइएको छ ।
महानगरबाट प्राप्त चेक ग्रहण गर्दै धुर्मुसले रंगशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिएका छन ।