कोरोना विरुद्धका खोप पछि स्वास्थ्यकर्मी उत्साहित

फिल्को मिसन

२०७७ माघ,१५ विहीबार
काठमाण्डौं । नेपालमा कोरोना विरुद्धको खोप अभियान हिजोबाट सुरु भएको छ । पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
कोरोना विरुद्धको खोप लगाएर स्वास्थ्यकर्मीले खोप लगाएपछि उत्साहित भएको बताएका छन । कोरोना विरुद्धको खोप लगाउने सरकारले तयारी गरेकै समय जनस्तर र स्वास्थ्यकर्मीबाटै विभिन्न शङ्का उपशङ्का भइरहँदा हिजो चिकित्सकहरुले उत्साहजनक रुपमा कोरोना विरुद्धको खोप लगाएर सबैलाई सकारात्मक सन्देश दिएका छन् ।केही व्यक्तिलाई खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिङ्गाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन्

प्रतिक्रिया दिनुहोस