प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदै

फिल्को मिसन

२०७७ माघ,१५ विहीबार
काठमाण्डौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले यो मुद्दाको निरन्तर सुनुवाइ गरिरहेको छ । आजको सुनुवाइमा इजलासले वकिलहरूलाई बहसका लागि समय तोकिदिने छ । यसबारे जानकारी हिजोको बहस सकिएपछि प्रधानन्यायाधीश जबराले गराइसक्नु भएको छ ।
बहसमा नसमेटिएका विषय लिखत बहसनोटमा उपलब्ध गराउन उनको सुझाव छ । करिब तीन सयजना कानुन व्यवसायीको वकालतनामा भए पनि दैनिक दुईरतीन जनाले बहस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस