वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

२०७७माघ,१५विहीबार
काठमाण्डौं । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको छ । बुधबार वनमन्त्री प्रेमबहादुर आलेले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उक्त कार्यबिधी खारेज भएका जानकारी दिएका हुन् ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रूपमा रूख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए। मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको बताए। मन्त्रिपरिषदबाट पारित भएको निर्णय छिट्टै राजपत्रमा प्रकाशित हुने पनि मन्त्री आलेले बताए।
फरक प्रसङ्गमा मन्त्री आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता नभई रुख कटान नहुने र आफ्नो मन्त्रालय विकासको बाधकरुपमा समेत नहुने स्पष्ट पारे ।
यसैगरी मन्त्रालयले प्रधानमन्त्री जडीबुटी तथा प्रशोधन कार्यक्रम, पशुपति आर्यघाटमा निःशुल्क दाउराको व्यवस्था, जीवजन्तु बृहत् उद्यान बनाउने, महानगरपालिका तथा उपमहानगरपालिकामा हरियाली बगैँचा, सातै प्रदेशमा चिडियाखाना स्थापना घोषणा गर्नेलगायत विषयमा छलफल अघि बढेको उनले बताए ।