कुखुरामा फैलिएको रोग नियन्त्रण गर्न हुम्लामा भ्याक्सिन पुग्योे

२०७७ माघ,१५बिहीबार
सिमकोट । खार्पुनाथ गाउँपालिका वडा नम्वर २ को थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएकोे छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि नियमित कुखुराहरु मर्न थालेपछि बचेका कुखुराका लागि आज भ्याक्सिन उपलव्ध गराइएको छ ।
केही दिन अगाडी मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै समाचार प्रकासित भएको केही दिनमै सम्बन्धित कार्यालय मार्फत भ्यासिनको खोजिमा लागेका थिए ।
गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउँन र पोष्ट मार्टमका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला विरेन्द्रनगर सुर्खेतमा पठाएपछि उक्त कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सुचना अधिकारी कृष्ण रोकायाले बताए ।
रोकायाका अनुसार कुखुरामा फैलिएको रानीखेत रोगकको उपचारका लागि भ्याक्सिन समेत लिएर अवको केही दिनमा आफ्नो टोलि गाउँतर्फ लाग्ने भएको छ । सो रोगका लागि सुर्खेतबाट आज ५ हजार डोज भ्याक्सिन जिल्लामा पुगेको अधिकारी रोकायाको भनाई छ ।
थाली गाउँमा दैनिक दिन कम्तिमा १५ देखि २० वटा जती कुखुरा मर्ने गरेको स्थानीयले बताउने गरेका छन् । सो रोग हालसम्म पनि नियन्त्रणमा आएको छैन ।