हुम्लाका तीनवटा गाउँपालिकामा विद्यालय खुले

दाने बोहरा

२०७७ माघ,१५ विहरुबार
हुम्ला । हुम्लाका तीनवटा गाउँपालिकामा आजबाट पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै दश महिना देखि बन्द रहेको यहाँका तीनवटा गाउँपालिकाका ७७ वटा विद्यालय आजबाट खुलेका छन् ।
जिल्लाको सिमकोट, ताँजाकोट, र सर्केगाड गाउँपालिकामा रहेका ७७ विद्यालय सञ्चालनमा आएका हुन् । लामो समयदेखि कोरोनाका कारण बन्द भएता पनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास पनि न्यून हुदै गएपछि तीनवटा गाउँपालिका अन्तरगर्तका निजी तथा सामुदायिक विद्यालय आजबाट सञ्चालनमा आएका हुन् ।
सिमकोट गाउँपालिकामा रहेका निजी तथा सामुादायिक गरेर २८ वटा विद्यालय सञ्चालनमा आएको गाउँपालिकाले जानकारी दिएको छ । झण्डै दश महिना पछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्रचार्य अमर बहादुर शाहीले जानकारी दिनुभयो ।
यसअघि गाउँपालिकाले विद्यालय शुचारु गर्ने निर्णय गरेपछि आजबाछ विद्यालय सञ्चालनमा आएर विद्यार्थीको उपस्थिती उल्लेखनी रहेको प्रचार्य शाहीले बताउनुभयो । आज पहिलो दिन तीनवटै गाउँपालिकामा रहेका विद्यालयमा पढाई शुरु भएकै दिन ८० भन्द बढी प्रतिशत विधार्थीको भौतिक उपस्थिति रहेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस