नेकपाको आधिकारिकता निर्णय नभएको निर्वाचन आयुक्तको जवाफ

फिल्को मिसन

२०७७ माघ १६ शुक्रबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे कुनै निर्णय नगरेको निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताएका छन्। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको हो ।
नेकपाको आधिकारिक विवादमा नेकपाले निर्णय गरिसकेको अवस्था होइन’, आयुक्त पौड्यालले भने, नेकपामा दुई गुट भएपनि हामीलाई आधिकारिकता देऊ भनेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता  नदिएको जानकारी दिए  ।
नेकपाको दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखीकरणका लागि निवेदन दिएको र त्यसैमा केन्द्रित रहेर आयोगले निर्णय गरेको पौड्यालको प्रष्टीकरण छ। शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्धय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भएपनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस