हुम्लाका युवा नेता भण्डारी भन्छनः ओली सरकार सुकेको रुख

मन्दिर सिहं

२०७७ माघ,१६शुक्रबार
हुम्ला। नेपाल कम्युनिष्ट पार्टी नेकपा हुम्लाका युवा नेता नेकपा हुम्लाका इन्र्चाज तथा केन्द्रिय सदस्य विजय भण्डारीले ओली सरकार सुकेको रुख रहेको दाबी गरेका छन् ।
जिल्ला स्थित सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रम ओली सरकार सुकेको रुख हो जतिबेला पनि ढल्न सक्ने भण्डारी यस्तो बताएका हुन् । सुकेको रुखको भर हुदैन जतिबेला पनि ढल्न सक्छ कसैले भ्रममा नपर्ने उनले आग्रह गर्नुभयो ।
कोदल लागिसक्यो सुकेको रुख भर नभएको देश लाई ठुलो क्षति गर्ने युवा नेता भण्डारीको बताए । नेकपा हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसीले पार्टी भावना नचल्ने पार्टी वैचारिक विचारबााट चल्ने हुनाले हुम्लीलाई आफुहरु पक्षमा उभिएको उनले बताए
जिल्लामा पार्टी एकता गर्न आफुहरु लागे पनि केही सार्थीहरुलाई एकजुट गर्न नसकेका अध्यक्ष जैसीले बताए । हुम्ला जिल्ला पार्टी सिद्धान्त वैचारिक बाटो भन्दा बाहिर नभएको अध्यक्ष जैसीको भनाई छ ।
देशको राजनिती प्रदुषणले पनि जिल्ला स्तरसम्म प्रभाव पारेकोले यसलाई अशुद्ध हुन नदिन आफुहरु सक्रिय भएको अध्यक्ष जैसीको भनाई छ । हुम्लाका पत्रकाहरु सबैको साझा बनि दिन नेकपाका वरिष्ठ नेता छिरिङदम्दुल लामा कर्चेनले आग्रह गरे । पत्रकार सत्य तथ्य निष्पक्ष हुनुपर्छ हुम्ला र हुम्ली जनता आवाज बन्न आवश्य रहेको लामाले बताए ।

प्रतिक्रिया दिनुहोस