निर्वाचन आयोग दल दर्ता आह्वान

२०७७ माघ,१७ शनिबार
काठमाण्डोैं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।
निर्वाचन तयारीका बारे नेकपाको दुवै समूहको विचार बुझ्न बोलाएको छलफलमा दुवै समूहले फरकफरक सुझाव दिएका छन् । हिजो आयोग कार्यालयमै फरकफरक समयमा भएको छलफलमा प्रचण्ड–माधव समूहले दल दर्ताको लागि केही समय पर्खन भनेको छ भने केपी समूहले दल दर्तालगायतका निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिन भनेको छ । दुई समूहबाट फरकफरक विचार आएपछि निर्वाैचन आयोग शीर्ष तहतको अर्को छलफल गर्ने तयारीमा जुटेको छ ।
विहान ठिक साढे ११ बजे नेकपाको प्रचण्ड–माधव समूहको तर्फबाट नेता राजेन्द्र पाण्डेको नेतृत्वमा एउटा टोली निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पुग्यो । अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल काठमाडौँ आउन समय लाग्ने भएकाले दल दर्ताको प्रक्रिया तत्काल अघि नबढाउन सुझाव लेखिएको पत्र बुझाएर केहीबेरमै टोली बाहिरियो । बाहिरिनेक्रममा नेता पाण्डेले आफूहरू बहुमत र नेकपा आधिकारिक रहेको दावी गर्नुभयो ।आगामी बैशाख १७ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचन आउनअब ९१ दिनमात्रै बाँकी छ ।