दलितको अधिकार खोसिएको भन्दै दलित अगुवाको भेला

कालिबहादुर थापा

२०७७ माघ,१७ शनिबार
हुम्ला । हुम्लाको सर्केगाढ गाउँपालिकाका दलित समुदायको हक र अधिकार खोसिएको भन्दैदतिल अगुवाहरुले भेला गरेका छन ।संविधानले दिएको अधिकारको पूर्ण पालन गराउन र दलितहरुले आफ्नो हक अधिकारको संरक्षण गर्नेको लागि १ देखि ८ वडाका दलित अगुवाहरुको भेला गरेको सर्केगाडगाउँपालिका ७ वडाका नन्दलाल वि.क.ले बताउनु भयो ।

कुनै राजनिक आस्थाका आधारमा नभई दलितका समग्र अधिकार संरक्षण र उपभोगको लागि सरोकारवालाहरुलाई ध्यान आकर्षण गराउन र दलितहरुलाई जागरण गराउनको लागि गरेका बताए ।दलितहरुका अधिकार नेपालको संविधान र कानुनमा स्पस्ट रुपमा लेखीएको भएपनि हाम्रो समाजमा कार्यन्वयन नगरेको अर्को दलित अगुवा धन सुनारले बताउनु भयो ।सर्केगाढगाउँपालिका वडा १ देखि ८ सम्म अहिलेसम्म एक जना दलित कर्मचारी देखि उपभोक्त समितिको मुख्य पोष्टमा दलित नभएका् सुनारले दुःख व्यक्त गरे ।

सर्केगाडगाउँपालिका ३सय जना दलित समुदायको भेलाले धनलाल बिकको संयोजकत्वमा २५ सदस्यीय कार्यसमिति,१९ सदस्यीय सल्लाहकार समिति,१७ सदस्यीय अनुगमन समिति र ८ वटै वडामा वडा समिति गठन गरेको दलित अगुवा नन्दलाल बिकले जानकारी दिनु भयो ।यस्तै दलित लक्षित योजनाहरुको कार्यान्वयन गराउन पहल गर्ने,छुवाछुत र जातीय भेदभाव अन्त्यका लागि निरन्तर पैरवी गर्ने,कुनै क्षेत्रमा दलितको प्रतिनिधित्व (मूख्य पदमा) सुनिश्चितता गर्ने गराउने,उच्च शिक्षामा दलित बालबालिकाहरुको पहुँच सुनिश्चितता गराउने र स्थानीय स्तरको योजना तजुमा तथा नीति निर्माणमा लक्षित दलित लगायत लक्षित वर्गको सहभागिता बृद्धिका लागि पहल गर्ने निर्णय भएको किर्डाक नेपालका सर्केगाड शाँखा परियोजना प्रमुख मनीलाल जैसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस