अवैध घरेलु मदिराकोे कारोबार बढ्दै

तिलसरा विक

२०७७ माघ,१७ शनिबार
हुम्ला । सिमकोट बजारमा अवैध घरेलु मदिराको राम्रो कारोवारस्थल बन्दै गएको छ । यहाँ खोजी गरिए अनुसार मासिक ३० लाखसम्मको यसको कारोवार हुने गरेको छ ।सिमकोट बजारमा उत्पादन गरेको अवैध घरेलु रक्सी सिमकोट बाहिरका बजार क्षेत्रहरु स्याम्ने, खार्पु, याँचु, लाग्ना, फया, धारापोरी र अन्य गाउँहरुमा पनि ग्यालनका ग्यालेन जाने गरेको नाम उल्लेख नगर्ने शर्तमा गाडी चालकहरुले बताउनुभएको छ ।
सिमकोट बजारमा गरिएको सर्वेक्षण अनुसार सिमकोटमा स्थानीय र गाउँबाट आएर बस्ने महिलाहरुले अवैध घरेलु रक्सीबाट मासिक ५० हजारदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको जानकारी प्राप्त भएको छ ।

हाल सिमकोटमा मासिक ३० लाखसम्मको अवैध मदिरा उत्पादन हुँदै आएको छ । यसका लागि करीब तीन सय जनाले घरेलु मदिरा उत्पादन गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस