नारायणहिटी दरबार अगाडि प्रधानमन्त्रि ओलि पक्षको जनसभा

फिल्को मिसन

२०७७ माघ,१८ आईतबार
काठमाडौं ।नेकपा ओली पक्षले यही माघ २३ गते नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्ने भएको छ। नेकपा ओली पक्षका बागमती प्रदेश संयोजक आनन्द पोखरेलले २३ गतेको आमसभा नारायणहिटी दरबार संग्रहालय अगाडि गर्न लागिएको बताए ।
पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै चितवनको माडीमा राममन्दिर बनाउन जोड दिँदै आएका ओलीले ‘नारायणहिटी दरबार’ अगाडि सभा गर्नुलाई धेरैले अर्थपूर्ण मानेका छन् । तर ओली पक्षका नेताहरुले भने धेरै मानिस अटोस् र ट्राफिक व्यवस्थापन सहज होस् भनेर ‘नारायणहिटी दरबार संग्राहलय’लाई सभास्थल छनोट गरिएको बताएका छन् । ‘भृकुटीमण्डपमा सभा गर्दा थोरै मानिस आट्ने भएकाले नारायणहिटर अगाडि राखिएको हो’ आमसभा तयारी सचिवालयका प्रमुख पोखरेलले जानकारी दिनुभयो ।सभामा काठमाडौं उपत्यकाका साथै बागमती प्रदेशका सबै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस