संसद विघटन मुद्दामा बहस सकियो, भोलिदेखि सरकार पक्षको बहस

फिल्को मिसन

२०७७ माघ १८ आइतबार
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकिएको छ। संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराएका छन् । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस